भदौ २३ र २४ को घटनामा छानबिनमा तानिएका तीन अधिकारीको यात्रा प्रतिबन्ध फुकुवा « Khabarhub

भदौ २३ र २४ को घटनामा छानबिनमा तानिएका तीन अधिकारीको यात्रा प्रतिबन्ध फुकुवा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका तीन उच्च अधिकारीमाथिको विदेश भ्रमण तथा काठमाडौं उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाइएको जानकारी गराएको हो।

आयोगका अनुसार अनुसन्धानका क्रममा ती व्यक्तिहरूको विदेश भ्रमण रोक्का लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका नछाड्ने व्यवस्था गर्न कात्तिक २७ को बैठकबाट निर्णय गरिएको थियो।

उक्त निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले अब उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय आयोगले मंगलबार गरेको जनाएको छ। उक्त निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ।

भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले अनुसन्धान प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ४९ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा