मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन « Khabarhub

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताएका छन्। उनले शिविरबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे।

आज वडा नं १ सिर्सियाबाट प्रारम्भ गरिएको शिविर क्रमशः सबै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ ।

शिविरमा योजनासम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलनलगायतका सेवा प्रदान गरिएको छ ।
 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ०३ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन