चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट सहित सोही नगरपालिका-२ भैरवपुर बस्ने ३७ वर्षीय गणेश गुरूङ भन्ने बुद्धिमान गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवनकै भरतपुर महानगरपालिका-७ मनकामना टोलबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ मनकामना टोल बस्ने २८ वर्षीय उमेश तामाङ र सोही महानगरपालिका-११ विशाल चोक बस्ने गोरखा घर भएका २३ वर्षीय सिजन रेग्मी रहेका छन् । 

जिल्ला प्रहरी कार्यलाय चितवनबाट खटिएको प्रहरीले बा.प्र ०३- ००४ प १९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : २० बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५