उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु « Khabarhub

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना स्थानीय समय अनुसार बिहान करिब ८ः४५ मा आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ । 

प्रहरीले तुरुन्तै जबाफी गोली चलाउँदा लगभग एक घन्टा सम्म झडप चलेको जनाइएको छ । गाडीमा सवार रहेका सबै पाँच जना प्रहरी कर्मचारीहरू गोली हानाहानको क्रममा मृत्यु स्रोतले बताएको छ । 

आक्रमणपछि आतंककारीहरूले घटनास्थलबाट भाग्नु अघि प्रहरीको गाडीमा पनि आगो लगाएको स्रोतले जनाएको छ । अहिले सम्म कुनै समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ । 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : १९ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन