उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु « Khabarhub

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना स्थानीय समय अनुसार बिहान करिब ८ः४५ मा आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ । 

प्रहरीले तुरुन्तै जबाफी गोली चलाउँदा लगभग एक घन्टा सम्म झडप चलेको जनाइएको छ । गाडीमा सवार रहेका सबै पाँच जना प्रहरी कर्मचारीहरू गोली हानाहानको क्रममा मृत्यु स्रोतले बताएको छ । 

आक्रमणपछि आतंककारीहरूले घटनास्थलबाट भाग्नु अघि प्रहरीको गाडीमा पनि आगो लगाएको स्रोतले जनाएको छ । अहिले सम्म कुनै समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ । 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : १९ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा