पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला « Khabarhub

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही लम्बिन सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित किशुनजीको जीवन र व्यक्तित्व विषयक कार्यक्रममा कोइरालाले आफू तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्ने पक्षमा नै रहेको भन्दै क्रियाशील सदस्यका विषयमा भएको ढिलाइले महाधिवेशन केही लम्बिन सक्ने देखिएको बताएका हुन् । 

नयाँ क्रियाशील सदस्य वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएको कागजात पठाएपछि आफू चनाखो भएको उनले बताए । कोइरालाले महाधिवेशन केही लम्विए पनि त्यसले खासै फरक नपर्ने धारणा राखे ।

उनले विशेष अधिवेशनको माग गर्ने र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफूलाई खेलाउन खोजेको महसुस भएपछि चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा आफूले मागमा अडिक भएको बताए ।  

शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभूति नभएसम्म हुन नसक्ने भन्दै उनले चुनावको नाममा धाँधली गरेर कसैलाई जित्न नदिने उल्लेख गरे । उनले देश यही अवस्थामा रहन्छ वा रहँदैन भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको बताए ।

कोइरालाले आगामी दिनमा नेपालमा फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सबै गम्भीर हुनुपर्नेमा जोड दिए । जेन-जीको आन्दोलनका क्रममा भाद्र २४ गतेको घटना नेपालको राष्ट्रियता कमजोर भएर घटेको हिंसा भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ५७ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा