गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू « Khabarhub

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको शिलान्यास गरिएको छ।

गुल्मीको धुर्कोट गाउँपालिका–३ स्थित निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास भारतीय राजदूतावास, काठमाडौंकी काउन्सलर गीताञ्जलि ब्रैन्डन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रूपमा गरेका हुन्।

भारत सरकारको सहयोगमा नेरु ३ करोड ८० लाख लागतमा निर्माण हुन लागेको उक्त विद्यालय भवन दुई तल्ले हुनेछ। भवनमा कक्षाकोठा, फर्निचर तथा अन्य आवश्यक सहयोगी संरचना समावेश गरिनेछ।

परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत अघि बढाइएको छ र यसको कार्यान्वयन धुर्कोट गाउँपालिकामार्फत गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले शिक्षा क्षेत्रको विकासमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए।

भारतीय राजदूतावासले नजिकका छिमेकी र विकास साझेदारका रूपमा भारत र नेपालबीच विभिन्न क्षेत्रमा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गरेको छ। यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले नेपाल सरकारको विकास र समृद्धि हासिल गर्ने प्रयासलाई सुदृढ पार्ने भारतीय पक्षको धारणा छ।

प्रेस विज्ञप्ति अनुसार भारत सरकारले भविष्यमा पनि नेपालका प्राथमिकताका क्षेत्रमा विकास सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ५६ बजे

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना