काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र व्यापक रूपमा नयाँ क्रियाशील सदस्यता वितरण गर्ने नीति लिएको छ । त्यसै विषयमा महामन्त्री गगन थापाले मंगलबार नयाँ ४ बुँदे परिपत्र जारी गरेका छन् ।
थापाले जारी गरिएको परिपत्रमा ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ भनिएको छ ।














प्रतिक्रिया