नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने « Khabarhub

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हर्कबहादुर नेमाङ मिक्सोको नाम प्रतिनिधिसभाका लागि एकल सिफारिस भएको छ।

पार्टीको मंगलबार बसेको जिल्लास्तरीय बैठकले सर्वसम्मत रुपमा उनलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी नेता दिनेश लावतीले बताए ।

लावतीका अनुसार जिल्ला कार्यसमितिको बैठकले उनको उम्मेदवारीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

एकभन्दा धेरै दावेदार रहेको अवस्थामा जेनजी र महिलासहित पाँच जनाको नाम पठाउने पार्टी केन्द्रले परिपत्र गरेको भए पनि मिक्सोको नाममा सर्वसम्मति भएकोले एकल सिफारिस भएको बताइएको छ ।

मिक्सो पूर्वमाओवादी हुन् । माओवादीमा हुँदा कोशी प्रदेश इन्चार्जको भूमिकामा रहेका उनको घर पाँचथर नै हो ।

२०७९ को निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई माओवादीले पनि सहयोग गरेको थियो । यस्तै नेकपा एकीकृत समाजवादीले पनि सहयोग गरेर प्रदेशमा आफ्नो उम्मेदवार उठाएको थियो।

माओवादील केन्द्रमा आङदेम्बेलाई सहयोग गरेर प्रदेशमा इन्द्र आङ्बोलाई उम्मेदवार बनाएको थियो।

आङबो अहिले पनि प्रदेशसभा सांसद छन् । भने नेकपा एकीकृत समाजवादीबाट कमल जवेगु प्रदेशसभा सांसद छन्।

२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पाखा लगाउँदै एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङ विजय भएका थिए। अहिले नेम्बाङ गम्भीर बिरामीमा परेका कारण उपचार गराइरहेका छन् ।

यस क्षेत्रमा काङ्ग्रेसले पुन:आङ्देम्बेलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने एमालेबाट नयाँ अनुहारलाई प्रतिस्पर्धा गराउने तयारी गरिएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ०३ बजे

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौं– आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथि दबाब

नयाँ दिल्ली- सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको

मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम

बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै

नेपालगञ्ज- बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी