कञ्चनपुरका तीन स्थानीय तहमा विद्युत् आपूर्ति बन्द हुने | Khabarhub Khabarhub

कञ्चनपुरका तीन स्थानीय तहमा विद्युत् आपूर्ति बन्द हुने


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।

 गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए। अत्तरियास्थित नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रियामार्फत जीर्ण अवस्थाका पुल र तार फेर्ने काम गर्ने उनले बताए।

गर्मीका बेला काम गर्न असहज हुने भएकाले फागुनभित्र सक्नेगरी काम सुरू हुने उनले बताए। उनका अनुसार, कलुवापुर ३३÷११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा, दोमिल्ला, पहरिया, गोजे, कुमगडा, वाणी, बंकलगायत स्थानका साथै बेलौरी वितरण केन्द्रका सम्पूर्ण स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज शुक्रबार र १४ गते सोमबार बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । यसैगरी, माघ १२ गते शनिबार, १३ गते आइतबार, १५ गते मङ्गलबार दिउँसो १ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

 समयअगावै कार्य सम्पन्न भए विद्युत् लाइन सञ्चालन गरिने भएकाले बिना जानकारी लाइन नजिक नजान पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ३७ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को