तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी | Khabarhub Khabarhub

तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काबुल– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवान सरकारले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

आईसीसीका प्रमुख अभियोजकका अनुसार तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका मुख्य न्यायाधीश अब्दुल हकिम हक्कानीविरूद्द यो पक्राउ पुर्जी जारी भएको हो ।

दुई शीर्ष तालिबान अधिकारीहरू विरुद्ध आईसीसीले कारबाही गरेको खबर पछि अफगान महिला र मानव अधिकार अभियानकर्ताहरूले तुरुन्तै स्वागत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

‘यस पक्राउ पुर्जी पछि हामीलाई आशा जागेको छ कि हाम्रो आवाज दबिएको छैन र विश्वले अझै पनि समानता र न्यायको लागि हाम्रो आह्वान सुन्छ भन्ने देखिएको छ,’ एक अफगान कार्यकर्ता जो ग्रामीण अफगानिस्तानका किशोरी लागि घर घरमा आधारभूत साक्षरता कक्षाहरू प्रदान गर्दछ, उनले सिएनएनसँग भनेका छन् । तर, प्रतिशोधको डरले आफ्नो नाम लुकाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ०३ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण