नेपालसँगको सम्बन्ध अब थप सुदृढ : जापानी राजदूत मयडा « Khabarhub

नेपालसँगको सम्बन्ध अब थप सुदृढ : जापानी राजदूत मयडा


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि जापानका नवनियुक्त राजदूत मयडा तोरुले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका छन्‌ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाउँदै राजदूत तोरुले द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा आफूले जोड दिने बताएका हुन्‌ ।

नेपाल र जापानबीचको द्विपक्षीय लामो सम्बन्धबारे राष्ट्रपति पौडेल र राजदूत तोरूबीच कुराकानी भएको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ ।

नेपाल र जापानबीच वि.सं. २०१३ भदौ १७ गते औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशले सन् २०२६ मा द्विपक्षीय कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाउँदैछन्‌ ।

नेपालको पूर्वाधार विकासमा जापान सबैभन्दा ठूलो अनुदानदाता हो । साथै, नेपाली विद्यार्थी र युवाहरूका लागि पनि जापान आकर्षक शैक्षिक/श्रम गन्तव्य हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ३१ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद