द्वन्द्वमा ज्यान गुमाएका कार्यकर्ताको परिवार भेटघाटमा प्रचण्ड « Khabarhub

द्वन्द्वमा ज्यान गुमाएका कार्यकर्ताको परिवार भेटघाटमा प्रचण्ड


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम नेपालमा राजनीतिक दौडाहामा निस्किएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका कार्यकर्ताको परिवार भेटघाट गरिरहेका छन् । 

उनले शुक्रबार दाङको तुलसीपुर–८ बटोलपुरका भगवती चौधरीको घर पुगेका छन् । तत्कालीन नेकपा माओवादीले नेतृत्व गरेको सशस्त्र द्वन्द्वका क्रममा चौधरीको परिवारका ६ जना राज्य पक्षबाट मारिएका थिए । 

‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू दाङको तुलसीपुर–८ बटोलपुरस्थित भगवती चौधरीको घरमा,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको सचिवालयले भनेको छ, ‘सो क्रममा अध्यक्ष प्रचण्डसहित नेताहरूले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खानुभएको थियो । जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो ।’

अध्यक्ष प्रचण्ड बिहीबार बाँकेको खजुरा–३ धवलागिरी गाउँमा सहिद डम्बर रानाभाटको घरमा पुगेका थिए । उनले त्यस क्षेत्रका अन्य सहिद परिवारसँग पनि भेट गरेका थिए ।

प्रचण्डले सहिद परिवारसँगको भेटमा सहिदहरू कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दुःख पीडाको साथी पार्टी भएको बताएका थिए ।

आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला ‘जनयुद्ध’का सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिँदै उनले सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने बताएका थिए । 

अध्यक्ष प्रचण्डले शुक्रबार दाङको तुलसीपुरस्थित अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

सचिवालयकाअनुसार तुलसीपुरको सभापछि प्रचण्डले सहिदस्मृति आवासीय मावि पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्ड शनिबार घोराही र देउखुरीमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गरेर संघीय राजधानी काठमाडौं फर्किन कार्यक्रम छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ४३ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद