मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने « Khabarhub

मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिन लागेको छ ।

शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा भाषासम्बन्धी विधेयक फिर्ता लिने कार्यसूची रहेको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । 

बुधबार शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले प्रदेशको कामकाजको भाषा सम्बन्धमा प्रदेश सभामा पेस गरेको विधेयक छलफल अगावै विवादित बनेपछि फिर्ता लिन लागेकी हुन्‌ । 

उनले पेस गरेको विधेयकमा नेपाली अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई कामकाजको भाषाको रूपमा अघि सारिएको छ ।

यो पनि –

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध

तर, सदनमा विधेयक पेस भएको दोस्रो दिन बिहीबारको बैठकमा सांसदहरूले आ-आफ्नो भाषालाई कामकाजको भाषाको रूपमा राख्नुपर्ने भनेपछि बैठक नै अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ५८ बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५