राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने « Khabarhub

राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको छ । 

शुक्रबारबाट काठमाडौंमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर सशक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए  ।

बैठकमा सरकारको कार्यशैलीको समीक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनले बताए।

कांग्रेस–एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको लिङ्देनले बताए  ।

उनले सरकारले प्रजातन्त्रलाईसमेत कमजोर बनाउने गरी संसद्लाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गरे ।  

त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समीक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । बैठक शनिबार सम्पन्न हुने बताइएको छ । 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ५७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित