राजेन्द्र लिङ्देनको निष्कर्ष- कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन् | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देनको निष्कर्ष- कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्को पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने परिकल्पना संसदीय व्यवस्थामा नहुने बताएका छन् । तर नेपालमा अहिले नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो अभ्यास गरिएको उनले बताएका छन् ।

धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र एमाले बहुदलीय व्यवस्था मासेर दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाएका छन् ।

अध्यक्ष लिङ्देनले हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको पनि प्रतिवेदनमा निन्दा गरेका छन् ।

वैदेशिक सम्बन्धमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने खतरा रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टी संगठन दुई प्रयोजनका लागि विस्तार गर्दै जानुपर्ने बताए । आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर पार्टि निर्माणबारे उनले प्रतिवेदनमा ब्याख्या गरेका छन् ।

उनले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसँग सुझाव मागेका छन् ।

बैठकमा महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङ्ले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरे ।

बैठक शनिबार सम्पन्न गर्ने कार्यसूची रहेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : २२ बजे

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको

निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले

पाकिस्तानमा अफगान नागरिकको तिव्र पक्राउ जारी

एजेन्सी– संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय

जेन-जी आन्दोलनले सुशासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा सुशासनको लक्ष्मण रेखा

विद्युत प्राधिकरणको स्पष्टीकरण- विद्युत आयात सम्झौताबारे भ्रामक प्रचारमा नपर्नुहोस्

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको