नेपालसामू मलेसियाले प्रस्तुत गर्‍यो ४६ रनको लक्ष्य « Khabarhub

नेपालसामू मलेसियाले प्रस्तुत गर्‍यो ४६ रनको लक्ष्य


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको हो ।

नेपालविरुद्ध उत्रिएको मलेसियाकी नुरीमनले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिँदै सर्वाधिक चार विकेट लिएकी थिइन् ।

यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो ।

समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो । 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ४२ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ