प्रचण्डको दाबी- राष्ट्रपतिलाई महाभियोगको डर देखाएर कांग्रेस-एमालेले सरकार बनाए « Khabarhub

प्रचण्डको दाबी- राष्ट्रपतिलाई महाभियोगको डर देखाएर कांग्रेस-एमालेले सरकार बनाए


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई महाभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको दाबी गरेका छन्।

दाङको तुलसीपुरमा आयोजित पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई शुक्रबार सम्बोधनका क्रममा दाहालले राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था बमोजिम संविधानको धारा ७६ (३) मा जान चाहँदा पनि कांग्रेस–एमाले नेताहरूको दवाबमा काम गर्नुपरेको जिकिर गरेका हुन् ।

वर्तमान सरकार संविधान मिचेर बनेको दाबी प्रचण्डले गरे । उनले केपी शर्मा ओली नेतृत्वको यो सरकार असंवैधानिक, जनविरोधी र गैरकानुनी रहेको जिकिर पनि गरेका छन् ।

कांग्रेसका नेता रहेका पौडेल आफ्नो कारण र पहलले राष्ट्रपति बनेको दाबी गर्दै प्रचण्डले त्यसबेला आफूसँग संविधान नमिच्ने बाचा गरेको पनि स्मरण गरे । कांग्रेस-एमाले मिलेपछि धर्म संकटमा परेर पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न बाध्य भएको दाहालको जिकिर थियो ।

‘अहिलेको राष्ट्रपति (रामचन्द्र पौडेल) बनेकै मेरो कारणले, माओवादीकै कारणले हो । उहाँले मलाई ढुक्क हुनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो’, दाहालले भने, ‘राष्ट्रपतिजीले संविधान मिच्न चाहनु भएन । तर कांग्रेस र एमाले मिलेर महाभियोग लगाउने धम्की दिएपछि धर्म संकटमा परेर उपाधारा २ अनुसार सरकार गठन गर्न बोलाउनु भयो ।’

वर्तमान सरकार राष्ट्रपतिको डरका कारण बन्न पुगेको दाहालले बताए । भ्रष्टाचार प्रकरणमा केही ठूला आरोपी पक्राउ परेपछि पालो आउनले डरले कांग्रेस–एमाले मिलेर आफूलाई हटाएको उनले बताए ।

‘यो सरकार मैले प्रतिनिधि सभाको हलबाट भने जस्तै डरका कारण बनेको हो । केही फरार अभियुक्त पक्राउ परेपछि हाम्रो पालो आयो भन्ने बुझेर उनीहरूले गठबन्धन गरे’, कांग्रेस-एमालेबारे उनले भने, ‘एकदमै अपारदर्शी, आफ्नै पार्टीका नेतालाई थाहा नदिएर, जसविरुद्ध मैले अभियान थालेँ, उनै विचौलियाको घरमा मध्यराति १२ बजे सम्झौता गरेर यो सरकारबने को हो ।’

दाहालले आफू प्रधानमन्त्री भएकै बेला ‘मेरोविरुद्ध कुनै उजुरी भए छानबिन गर्नुस्’ भनेर प्रहरीलाई निर्देशन दिएको दाबीसमेत सम्बोधनका क्रममा गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ०९ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका