स्ववियु कप २०८१ को उपाधि नेपाल कमर्स क्याम्पसलाई    « Khabarhub

स्ववियु कप २०८१ को उपाधि नेपाल कमर्स क्याम्पसलाई   


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको स्ववियु परिचालन विभागले राजधानीमा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

आज सम्पन्न भएको फाइनल  खेलमा नेपाल कमर्स क्याम्पस मिनभवनेले बानेश्वर क्याम्पसलाई ३-१ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको हो । सो प्रतियोगितामा तेस्रो स्थान सिटिईभिटीले  जितेको  थियो ।

उक्त प्रतियोगितामा नेपाल कमर्स क्याम्पसका टिम क्य़ापेटन भुपेन गुरुङ्ग बेस्ट प्लेयर घोषित भएका थिए । 

३ दिन सम्म चलेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको  र प्रतियोगिता सौहार्दपूर्ण रूपमा सम्पन्न भएको स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी दिइन ।  

सो प्रतियोगिता प्रथम हुने टिमले रु १ लाख ५० हजार नगदसहित प्रमाणपत्र र ट्रफ्री, दोस्रो हुनेले १ लाख नगद सहित प्रमाणपत्र र ट्रफ्री  र तेस्रो  हुनेले ५० हजार सहित प्रमाणपत्र र ट्रफ्री उचालेका छन् ।  

उक्त प्रतियोगिताको विजेतालाई प्रमाणपत्र , ट्रफी  तथा नगद  एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले वितरण गरेका थिए ।   पुरस्कार समारोहमा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले संक्षिप्त सम्बोधन समेत गरेका थिए । 

‘गिरीले आसन्न स्ववियु निर्वाचन चैत ५  गते  तोकिएको छ, उक्त मितिमा जसरी पनि निर्वाचन गर्न सम्बन्धित निकायलाई खबरदारी,  अन्य विद्यार्थी संगठनलाई निर्वाचनको माहौल सिर्जना गराउनको लागि आह्वान गर्नुका साथै कार्यकर्ताहरूलाई आआफ्नो कार्यक्षेत्रमा दृढतापूर्वक लाग्न निर्देशन’ समेत दिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ४४ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी