सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन | Khabarhub Khabarhub

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ । टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आगामी सोमबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

नगरप्रमुख वासुदेव थापाले पहिलो र दोस्रो कार्यकालमा सबै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोगले नगरपालिकाले २ देखि १० सम्मका वडा कार्यालय भवन निर्माण गरेको, १ नं वडाको भवन निर्माणको चरणमा रहेको, नगरपालिकाले आफ्नै भवन निर्माण गरेको, नगर अस्पताल सञ्चालनमा ल्याएको र ठूला सडक, पुललगायत आयोजना सम्पन्न गरेको जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नयाँ भवन बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भ्याटबाहेक रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण सम्पन्न गरेको बताए । हालसम्म नगर कार्यपालिकाले ९९ वटा कानुन बनाइसकेको नगरप्रमुख थापाले बताए ।

उक्त भवन अपाङ्गतामैत्री रहेको र छ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ । नयाँ भवनमा करिब पाँच सय सवारीसाधन अट्ने दुईतलाको पार्किङ रहेको जानकारी दिँदै प्रमुख थापाले नवनिर्मित भवनमा दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको बताए । कार्यकक्षका लागि ९२ वटा कक्षका साथै स्तनपान कक्षसमेत रहेको जनाइएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले भवन निर्माण गर्न सङ्घीय सरकारको रु दुई करोड, जिल्ला समन्वय समितिको रु ७५ लाख र बाँकी रकम नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गरेको बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ०२ बजे

पूर्वाधारको पर्खाइमा म्याग्दीको सुनछहरा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ मा रहेको सुनछहरा पूर्वाधार र

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो

स्टिल र अल्मुनियममा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै

काठमाडौं– आज अन्तरराष्ट्रिय दाल दिवस मनाइँदै छ । पोषणको मुख्य

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’ : सुमधुर सम्बन्ध बनाउन उपहार दिनुहोस्

काठमाडौं– अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । आज भ्यालेन्टाइन डेको