सोमबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। विनिमय दर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।

केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ६४ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ८९ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ०३ पैसा र बिक्रीदर ८८ रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३५ पैसा र बिक्रीदर ९७ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ६० पैसा र बिक्रीदर एक सय चार रुपियाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०९ पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३३ पैसा र बिक्रीदर ३१ रुपियाँ ४७ पैसा तोकिएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ र बिक्रीदर १३ रुपियाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५० पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८२ पैसा र बिक्रीदर १७ रुपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपियाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रुपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपियाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपियाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रुपियाँ ६४ पैसा तय गरिएको छ।

त्यसैगरी भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ४७ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा