माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात « Khabarhub

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु गर्दैछ । झापाको कचनकवलबाट सुरु हुने अभियान चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको छ ।

अभियान सुरु गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ । आइतबार राति नेताहरू कार्यकर्ता र सर्वसाधारणको घरमा बसेका थिए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्जित तामाङले बताए ।

‘तराई–मधेस जागरण अभियान टोलीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायत छन् । माओवादीको जिल्ला र प्रदेशका नेताहरु पनि रहने छन् ।

माओवादीले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान संचालन गर्न लागेको बताएको छ ।

अभियानका क्रममा सरकारले गरेका गलत कामको विरोध गर्ने, जनतालाई सचेत बनाउने, आफू सरकारमा हुँदा गरेका राम्रा काम जनतासमक्ष लैजाने माओवादी केन्द्रको तयारी छ ।

यसैबीच, प्रचण्डसहित माओवादी नेताहरूले आज बिहान मर्निङवाक गरेका छन् । गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरूलाई लिएर मर्निङवाकमा निस्कने गरेका छन् । सोमबार प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट  पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरे ।

दुई सय बढी नेता कार्यकर्ताको साथमा प्रचण्डले बिहान ५ः३० देखि ७ः३० सम्म दुई घण्टामा साढे ६ किलोमिटर यात्रा गरेका छन् । 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ४५ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक