बेचन झाको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश ढुङ्गाना र ढकालको इजलासमा « Khabarhub

बेचन झाको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश ढुङ्गाना र ढकालको इजलासमा


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका बेचन झाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

सो निवेदन सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै गत माघ २ गते सर्वोच्च अदालतसम्म पुगेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए । पछि भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दर्ता गरेको थियो ।

उक्त अभियोगमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगे पनि उच्चले जिल्लाकै सदर गरेपछि झाले माघ २ मा सर्वोच्च अदालत गुहारेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ११ : ११ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति