स्वेलडाँडा सडक स्तरोन्नति « Khabarhub

स्वेलडाँडा सडक स्तरोन्नति


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका–१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडक स्तरोन्नतिको आज शिलान्यास गरे। 

बागमती प्रदेश सरकारको एक करोड ५० लाख र चाँगुनारायण नगरपालिकाको एक करोड ५० लाख गरी समपूरक शीर्षकअन्तर्गत उक्त सडक स्तरोन्नति गर्न थालिएको हो ।

नगर प्रमुख खत्रीले दुवाकोटको विकट मानिने स्वेलडाँडाअन्तर्गतको सडक स्तरोन्नतिको काम भइरहेको बताए। बाँकी सडक पनि चालु आर्थिक वर्षभित्र स्तरोन्नति गरिने उनको भनाइ छ । नगर प्रमुख खत्रीले निर्माण व्यवसायीलाई निर्धारित समयमै सडक निर्माणको काम पूरा गर्न आग्रह गरे। 

चाँगुनारायण–१ दुवाकोट सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले समपूरक बजेटअन्तर्गत प्रदेश सरकार र नगरपालिकाको लागतमा निर्माण हुने यो सडकले स्थानीयको जनजीवन सहज हुने बताए। उक्त सडक आउँदो असारभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ४५ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते