स्वेलडाँडा सडक स्तरोन्नति « Khabarhub

स्वेलडाँडा सडक स्तरोन्नति


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका–१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडक स्तरोन्नतिको आज शिलान्यास गरे। 

बागमती प्रदेश सरकारको एक करोड ५० लाख र चाँगुनारायण नगरपालिकाको एक करोड ५० लाख गरी समपूरक शीर्षकअन्तर्गत उक्त सडक स्तरोन्नति गर्न थालिएको हो ।

नगर प्रमुख खत्रीले दुवाकोटको विकट मानिने स्वेलडाँडाअन्तर्गतको सडक स्तरोन्नतिको काम भइरहेको बताए। बाँकी सडक पनि चालु आर्थिक वर्षभित्र स्तरोन्नति गरिने उनको भनाइ छ । नगर प्रमुख खत्रीले निर्माण व्यवसायीलाई निर्धारित समयमै सडक निर्माणको काम पूरा गर्न आग्रह गरे। 

चाँगुनारायण–१ दुवाकोट सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले समपूरक बजेटअन्तर्गत प्रदेश सरकार र नगरपालिकाको लागतमा निर्माण हुने यो सडकले स्थानीयको जनजीवन सहज हुने बताए। उक्त सडक आउँदो असारभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार