मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग   « Khabarhub

मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग  


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित कांग्रेस सांसद साउदले सिचाईं परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्तकमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । 

‘महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधिग्रहणमा परेको छ । अधिग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ,’ उनले भने, जमिन अधिग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन् ।’ 

किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर गृह मन्त्रालयबाट पुनर्मुल्याङ्कन गर्नुपर्ने माग राखे पनि सुनुवाइ नभएको साउदले बताए ।  

‘जमिन अधिग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्,’ उनले भने । 

पूर्वपरराष्ट्रमन्त्री साउदले महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका–१ र ४ का किसानसमेत मर्कामा परेका भन्दै उनीहरूलाई दिइने भनिएको मुआब्जाको पुनर्विचार गरी रकम वृद्धि गर्नुपर्ने पनि बताए । 

‘महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका १ र ४ का किसानहरू पनि मार्का परेका छन् । त्यहाँका किसानलाई दिइने मुआब्जाको पुनर्विचार गरी वृद्धि गरिदिन र शुक्लाफाँटाका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराइदिन सम्मानित सदनमार्फत सरकारसँग अनुरोध गर्छु,’ साउदले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ३८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा