‘दातृ निकायबाट आएको सहयोगको विवरण संसद्लाई जानकारी गराउनपर्छ’  « Khabarhub

‘दातृ निकायबाट आएको सहयोगको विवरण संसद्लाई जानकारी गराउनपर्छ’ 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट आएको सहयोगको विवरण सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसद्लाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने,‘कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो ? कति देश टुक्र्याउनेमा लगानी भयो रु यो सम्पूर्ण जानकारी राख्ने हक यो सदनले राख्दछ ।’ 

एनजिओहरूलाई मनिटरिङ गर्नुपर्छ भनेर संसदीय समितिबाट निर्णय हुँदै गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा डराएको सिंहले आरोप लगाए ।

उनले अहिले पनि राष्ट्रिय सदाचार नीति त्यतिकै फालिएको बताए । उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ३४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई