एकीकृत समाजवादीले भन्यो- ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारीको संरक्षक « Khabarhub

एकीकृत समाजवादीले भन्यो- ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारीको संरक्षक


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।

सोमबार केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालिएको जानकारी दिए ।

भ्रष्ट र ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सहकारी प्रकरणमा सम्बधित पक्षको पैसा फिर्ता गराउन बैठकले सरकारसँग माग गरेको छ ।

बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरि संसद छलेर अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोधमा मतदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारीमुखी बनाउने दिशामा कदम चाल्न, वार्ता र सम्वादको माध्यमबाट ताप्लेजुङ केवलकारको समस्या समाधान गर्न, दूध र उखुको भुक्तानी गर्न सरकारसँग माग गरिएको महासचिव भुसालले बताए ।

उनले सरकार नालायक र दमनकारी बन्दै गएको निष्कर्ष निकालिएको बताए । बैठकले आधारभूत मुद्दा उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्‍याउने गरी आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भुसालले बताए ।

गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशीघ्र रिहाईका लागि मागसमेत बैठकले गरेको छ । बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ । त्यस्तै पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको महासचिव भुसालले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्