सम्झौता प्रक्रियामा रहेकासहित अमेरिकी अनुदानका अरू सात कार्यक्रम स्थगित « Khabarhub

सम्झौता प्रक्रियामा रहेकासहित अमेरिकी अनुदानका अरू सात कार्यक्रम स्थगित


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : अमेरिकी सहयोग नियोग (युएसएआईडी) ले नेपालमा सञ्चालन गरेका अरु सातवटा कार्यक्रम पनि स्थगित भएका छन् ।

अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर ती कार्यक्रमहरू स्थगित भएका जानकारी दिएको हो ।

‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको छ’, विभिन्न कार्यक्रम रोकिएबारे मन्त्रालयले वक्तव्यमा भनेको छ, ‘अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखी निरन्तर रूपमा अनुदान सहायतामार्फत् विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।’

अर्थले जनाएअनुसार अमेरिकी लगानीमा सञ्चालित शिक्षा, स्वास्थ्य, कृषि, तथ्यांकलगायत कार्यक्रमहरू स्थगित भएका छन् ।

‘अमेरिकी राष्ट्रपति (डोनाल्ड ट्रम्प) बाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत् सञ्चालित शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रम ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ’, मन्त्रालयले भनेको छ, ‘त्यस्तै, जैविक विविधता, प्रदेश एवम् स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम डिजाइनका क्रममा रहेकोमा उक्त आदेशबाट यीसमेत रोकिएको अवस्था छ ।’

डिजाइनका क्रममा रहेका तीनवटा कार्यक्रमका लागि सम्झौता नभइसकेकै अवस्थामा रोकिएका हुन् । ती कार्यक्रम सहयोग प्राप्तिका लागि प्रक्रियामा थिए ।

यसअघि ट्रम्प प्रशासनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहित वित्तीय संघीयता कार्यान्वयन र जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रमका लागि नेपाललाई दिँदै आएको लगानी रोक्का गरेको थियो।

मन्त्रालयका अनुसार नेपालमा युएसएआईडीले नेपालमा १९५१ देखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो । युएसएआईडीका सबै कार्यक्रम बन्द भइसेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : २७ बजे

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउँछौँ : मन्त्री घिसिङ

कास्की– भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर