कुलमानलाई प्राधिकरणबाट हटाउन हुँदैन, चार वर्ष फेरी मौका दिनुपर्छ : मन्त्री तामाङ « Khabarhub

कुलमानलाई प्राधिकरणबाट हटाउन हुँदैन, चार वर्ष फेरी मौका दिनुपर्छ : मन्त्री तामाङ


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने बताएका छन् । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने बताएका हुन् । 

उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्त्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्ला मात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ ।  

उनले सरकारको कर्मचारीलाई चित नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठूलो विषय नभएको उल्लेख गरे । 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ०९ बजे

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु