ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे « Khabarhub

ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलमा दुईजना प्रहरीलाई कुटपिट अभियोगमा पक्राउ परेका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूलाई काठमाडौं जिल्ला अदालतले सोमबार धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश हर्कबहादुर केसीको इजलासले दुईजना प्रहरीलाई कुटपिट गरेको प्रकरणमा पक्राउ परेका पाँचैजना विद्यार्थी नेतालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

पक्राउ परेका रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटी मागिएको छ । कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्वअध्यक्ष पनि हुन् ।

उनीहरूले प्रहरी वृत्त, दरबारमार्गअन्तर्गत केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टलाई गत माघ २४ गते राति कुटपिट गरी घाइते बनाएका थिए ।

मध्यराति मदिराले लठ्ठिएर हो-हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीद्वयले सम्झाउन खोज्दा आक्रमण गरेका थिए । दुवै प्रहरीलाई लात्ती मुक्का बर्साएपछि यी नेताले टोपी र लाठी पनि फ्याँकिदिएका थिए ।

अनेरास्ववियुका नेताहरूको कुटपिटबाट घाइते हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको थियो । घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा चोट थियो । जवान विष्टको आँखा र शरीरका अन्य भागमा चोट लागेर घाइते भएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ५० बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि