ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे « Khabarhub

ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलमा दुईजना प्रहरीलाई कुटपिट अभियोगमा पक्राउ परेका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूलाई काठमाडौं जिल्ला अदालतले सोमबार धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश हर्कबहादुर केसीको इजलासले दुईजना प्रहरीलाई कुटपिट गरेको प्रकरणमा पक्राउ परेका पाँचैजना विद्यार्थी नेतालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

पक्राउ परेका रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटी मागिएको छ । कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्वअध्यक्ष पनि हुन् ।

उनीहरूले प्रहरी वृत्त, दरबारमार्गअन्तर्गत केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टलाई गत माघ २४ गते राति कुटपिट गरी घाइते बनाएका थिए ।

मध्यराति मदिराले लठ्ठिएर हो-हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीद्वयले सम्झाउन खोज्दा आक्रमण गरेका थिए । दुवै प्रहरीलाई लात्ती मुक्का बर्साएपछि यी नेताले टोपी र लाठी पनि फ्याँकिदिएका थिए ।

अनेरास्ववियुका नेताहरूको कुटपिटबाट घाइते हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको थियो । घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा चोट थियो । जवान विष्टको आँखा र शरीरका अन्य भागमा चोट लागेर घाइते भएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ५० बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी