ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे | Khabarhub Khabarhub

ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलमा दुईजना प्रहरीलाई कुटपिट अभियोगमा पक्राउ परेका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूलाई काठमाडौं जिल्ला अदालतले सोमबार धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश हर्कबहादुर केसीको इजलासले दुईजना प्रहरीलाई कुटपिट गरेको प्रकरणमा पक्राउ परेका पाँचैजना विद्यार्थी नेतालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

पक्राउ परेका रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटी मागिएको छ । कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्वअध्यक्ष पनि हुन् ।

उनीहरूले प्रहरी वृत्त, दरबारमार्गअन्तर्गत केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टलाई गत माघ २४ गते राति कुटपिट गरी घाइते बनाएका थिए ।

मध्यराति मदिराले लठ्ठिएर हो-हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीद्वयले सम्झाउन खोज्दा आक्रमण गरेका थिए । दुवै प्रहरीलाई लात्ती मुक्का बर्साएपछि यी नेताले टोपी र लाठी पनि फ्याँकिदिएका थिए ।

अनेरास्ववियुका नेताहरूको कुटपिटबाट घाइते हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको थियो । घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा चोट थियो । जवान विष्टको आँखा र शरीरका अन्य भागमा चोट लागेर घाइते भएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ५० बजे

भोजपुर गोल्डकप फुटबल वैशाख १४ देखि २० गतेसम्म

भोजपुर– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिता यही

मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन घट्यो

चितवन- गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा

सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज

राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना