कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ « Khabarhub

कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र रेडक्रससँग सम्झौता गरेको रुसी अधिकार आयुक्तले सोमबार बताएका छन् ।

युक्रेनले छ महिनाअघि रुसी क्षेत्रमा आकस्मिक सीमापार आक्रमण गरेको थियो, जसमा दर्जनौँ गाउँ कब्जा गरी धेरै रुसी नागरिकलाई युद्धको रेखाको विपरीतपट्टि समातेको थियो ।

रुसी अधिकार आयुक्त तत्याना मोस्काल्कोभाका अनुसार ती बासिन्दामध्ये केही अहिले युक्रेनको छिमेकी सुमी क्षेत्रमा पुगेका छन् र बेलारुस हुँदै उद्धारको प्रतीक्षामा छन् ।

‘आज सुमीमा पहिले नै रहेका मानिसहरू छन् र त्यहाँ रेडक्रस र युक्रेनी पक्षसँग उनीहरूलाई बेलारुस हुँदै रुस लगिने बारे एउटा सम्झौता भएको छ’, रुसको आरआइए समाचार एजेन्सीका अनुसार मोस्काल्कोभाले भने।

मोस्काल्कोभाले सम्झौताअन्तर्गत कति कुर्स्क बासिन्दाहरूलाई खाली गरिनेछ भनेर केही बताएनन् ।

रुसी अधिकारीहरूले संकलन गरेको बेपत्ता व्यक्तिहरूको आधिकारिक सूचीमा सुरुमा युक्रेनी–अधिकृत क्षेत्रमा करिब पाँच सय जना मात्र बेपत्ता भएको रेकर्ड गरिएको थियो तर स्थानीय बासिन्दाहरूले यो सङ्ख्या तीन हजार नजिक रहेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोले आक्रमण गरी कब्जा गरेको क्षेत्रमा आफ्ना हजारौँ नागरिक राखिएको र उसले कुर्स्क क्षेत्रमा रुसीहरूलाई सुरक्षित मार्ग प्रदान गरिरहेको युक्रेनले बताएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : १९ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका