जनतासँग माओवादी अभियान जनसंवाद अभियान हो : प्रचण्ड  « Khabarhub

जनतासँग माओवादी अभियान जनसंवाद अभियान हो : प्रचण्ड 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले यो अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रूपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रूपमा अघि बढाउन खोजेको बताए। 

सहरी क्षेत्रका जनताको मनोविज्ञान विभिन्न माध्यमबाट थाहा हुने भए पनि देशको दक्षिण र ग्रामीण क्षेत्रमा बस्ने जनताको मनोविज्ञान कस्तो छ भनेर जान्न पनि यो अभियान महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे। देशको दक्षिण क्षेत्रमा बस्ने अधिकांश जनता आदिवासी र उत्पीडित समुदाय रहेको उल्लेख गर्दै उनले यो आफ्नो पार्टीले आफ्नै वर्ग समुदायमा फर्कन गरेको निर्णयको कार्यान्वयनको सुरुवात भएको बताए।

अभियानको क्रममा जनताबाट एकै दिन सयौँ ज्ञापन पत्र प्राप्त भएको र अभियान अवधिभर जनताका हजारौँ माग आउने देखिएकाले सबै माग पत्रको अध्ययन गरेर तत्काल गर्नुपर्ने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको योजनाबद्ध पहल अघि बढाउने बताए।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ५९ बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको