सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छः प्रदेश प्रमुख मियाँ « Khabarhub

सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छः प्रदेश प्रमुख मियाँ


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताएका छन् ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरले धनगढीमा आज आयोजना गरेको महाशिवरात्री तथा २६२औँ नेपाली सेना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले सेनाले स्थापनाकालदेखि नेपालीको सुखदुःखमा हातेमाले गर्दै आएको बताए ।

उनले नेपाली सेनाले नागरिकको सुरक्षामा दिएको योगदानको प्रशंसा गरे । उनले भूकम्प, बाढी, पहिरोलगायत महामारीमा नेपाली सेनाले जनताको सुरक्षामा निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको बताए ।

उनले भने, “आफ्नो प्राथमिक जिम्मेवारीको अलावा राष्ट्रको विकास, प्राकृतिक संरक्षण तथा अन्तरराष्ट्रियस्तरमा शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान प्रशंसनीय छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय एकता र विकासमा सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए । मुख्यमन्त्री शाहले नेपाली सेना राष्ट्रको गौरवशाली सङ्गठन भएको बताउँदै भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमसत्ता तथा राष्ट्रिय एकताको रक्षा गर्नु महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।

सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले नेपाली सेनाले विपद् व्यवस्थापन, जनसुरक्षा, विकास निर्माण तथा संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जनताको विश्वास जित्न सफल भएको उल्लेख गरे ।

कार्यक्रममा पाँच किलोमिटर र १० किलोमिटरको पुरुष तथा महिला दौड प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सातै प्रदेशको संस्कृति झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली सेनाले जनताको उद्धार तथा युद्धमा प्रयोग गरिने उपकरण तथा साधन प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ९ : १२ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन