परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरुप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताएका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले परिवर्तन विरोधी शक्तिबाट गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्र भइरहेको बताए ।

जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि भएको चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा केही निरासा बढेको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, “परिवर्तनविरोधी शक्तिहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्रप्रति हामी सचेत हुन जरूरी छ ।” राष्ट्रको विकासको मेरूदण्ड शिक्षा भएको उल्लेख गर्दै उनले शिक्षित र दक्ष जनशक्तिले राष्ट्रको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा अध्यक्ष दाहालले विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीका अनुसार सो विद्यालयमा हाल एक सय १२ छात्र र एक सय ३५ छात्रा अध्ययनरत छन् ।

गत वर्षको कक्षा १२ को परीक्षामा सबै विद्यार्थी उत्तिर्ण भएका थिए । सो अवसरमा जग्गादाता र विद्यालयका संस्थापकहरुलाई सम्मान गरिनुका साथै विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ११ : ०० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल चैत ४ गते सोमबार चैत

आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत ४ गते सोमबार चैत

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन