क्रॉम्पटन पार्टनर्स मिट २०८१- टुगेदर फाेरेभर साझेदारी र नवप्रवर्तनको सुदृढीकरण « Khabarhub

क्रॉम्पटन पार्टनर्स मिट २०८१- टुगेदर फाेरेभर साझेदारी र नवप्रवर्तनको सुदृढीकरण


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– सीजी इलेक्ट्रोनिक्स र क्रॉम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रोनिक्सले सौराहा, चितवनमा क्रॉम्पटन पार्टनर्स मिट २०८१ आयोजना गरेको छ ।

‘टुकेदर फाेरेभर’ भन्ने थीममा आधारित यस कार्यक्रमले क्रॉम्पटन र यसको मूल्यवान् व्यावसायिक साझेदारहरूको बीचको दीर्घकालीन साझेदारीलाई प्राथमिकता दियो, जसले साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको छ ।

 यस कार्यक्रमको प्रमुख आकर्षण उत्पादन विमोचन थियो, जसले नयाँ एयर कूलरहरू, छतका पंखा र एक्जस्ट फ्यानहरू प्रस्तुत गरे, जसले क्रॉम्पटनको इलेक्ट्रिकल अप्लायन्स उद्योगमा अग्रणी नेतृत्वलाई पुनः सुदृढ बनायो ।

कार्यक्रममा प्रमुख वक्ता दुर्गेश बक्सी, एसोसिएट भाइस प्रेसिडेन्ट तथा प्रमुख- इन्टरनेशनल बिजनेस, क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सले क्रॉम्पटन र सीजी इलेक्ट्रोनिक्सबीचको सम्बन्धलाई उजागर गरे ।

उनले दुई कम्पनीबीचको रणनीतिक साझेदारी, व्यावसायिक वृद्धिको अवसरहरू, नवीनतम उत्पादन र प्रविधिहरूको प्रयोगद्वारा बजार विस्तारको सम्भावनाहरूको चर्चा गरे । बक्सीले साझेदारहरूको भूमिकालाई विशेष रूपमा सम्मान गर्दै उनीहरूको निरन्तर समर्थनकै कारण आजको सफलता सम्भव भएको उल्लेख गरे ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १ : ०८ बजे

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा