किसानका समस्या सम्बोधन गर्न कृषि नीति अघि बढाइने छ : मन्त्री अधिकारी « Khabarhub

किसानका समस्या सम्बोधन गर्न कृषि नीति अघि बढाइने छ : मन्त्री अधिकारी


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका सबै समस्यालाई सम्बोधन हुने गरि कृषि नीति अघि बढाइने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि नीति तर्जुमाको चरणमा रहेको भन्दै किसानका सबै समस्यालाई सम्बोधन हुने गरि अघि बढाइने बताएका हुन् ।

मन्त्री अधिकारीले सँधै आयातका भरमा मुलुक चल्न नसक्ने भएकाले कृषि उत्पादन बढाउनका लागि सरकारले प्रोत्साहन गर्ने धारणा राखे । वर्षभरी खेती गरेर किसानलाई बाँच्नसक्ने बनाउनका लागि सबैले सोच्नुपर्ने उनले बताए ।

मन्त्री अधिकारीले कृषि नीतिको कार्यान्वयन चरणमा कृषि क्षेत्रका चुनौति व्यवस्थापन गर्न सकिने धारणा राखे ।

समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवालाहरू तथा मन्त्रालयसँग छलफल गरेको हो । 

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  २ : ३९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष