किसानका समस्या सम्बोधन गर्न कृषि नीति अघि बढाइने छ : मन्त्री अधिकारी « Khabarhub

किसानका समस्या सम्बोधन गर्न कृषि नीति अघि बढाइने छ : मन्त्री अधिकारी


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका सबै समस्यालाई सम्बोधन हुने गरि कृषि नीति अघि बढाइने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि नीति तर्जुमाको चरणमा रहेको भन्दै किसानका सबै समस्यालाई सम्बोधन हुने गरि अघि बढाइने बताएका हुन् ।

मन्त्री अधिकारीले सँधै आयातका भरमा मुलुक चल्न नसक्ने भएकाले कृषि उत्पादन बढाउनका लागि सरकारले प्रोत्साहन गर्ने धारणा राखे । वर्षभरी खेती गरेर किसानलाई बाँच्नसक्ने बनाउनका लागि सबैले सोच्नुपर्ने उनले बताए ।

मन्त्री अधिकारीले कृषि नीतिको कार्यान्वयन चरणमा कृषि क्षेत्रका चुनौति व्यवस्थापन गर्न सकिने धारणा राखे ।

समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवालाहरू तथा मन्त्रालयसँग छलफल गरेको हो । 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  २ : ३९ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी