तीन दिने भ्रमणका लागि मोदी श्रीलंका जाने « Khabarhub

तीन दिने भ्रमणका लागि मोदी श्रीलंका जाने


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाको भ्रमण गर्ने भएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको पहल (बिम्सटेक) को सम्मेलनलगत्तै प्रधानमन्त्री मोदी श्रीलंका जाने तय भएको छ ।

बैंककमा बिम्सटेकको सम्मेलन यही अप्रिल महिनाको ३ र ४ तारिखमा आयोजना हुँदैछ । भारतीय डिजिटल पत्रिका द प्रिन्टका अनुसार प्रधानमन्त्री मोदीको यो चौथो श्रीलंका भ्रमण हुनेछ । यसअघि मोदीले सन् २०१५, २०१७ र सन् २०१९ मा श्रीलंकाको भ्रमण गरेका थिए ।

यसअघि एक वा दुई दिनका लागि श्रीलंका जाने मोदीको यसपटकको भ्रमण भने तीन दिवसीय हुने जनाइएको छ । श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिसानायकेको निमन्त्रणामा प्रधानमन्त्री मोदी त्यसतर्फ जान लागेका हुन् ।

 भ्रमणका क्रममा राजधानी कोलम्बोमा प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ०५ बजे

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत