पार्टी एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् बैठक | Khabarhub Khabarhub

पार्टी एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् बैठक


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । जनमत पार्टी केन्द्रीय सचिवालय समिति बैठकको निर्णयनुसार राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको प्रवक्ता शरदसिंह यादवले बताए । 

यादवका अनुसार बैठक १५ गते शुक्रबार बिहान ९ बजे देखि मध्य बानेश्वरमा बस्ने छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीसँगको एकताका विषयमा छलफल हुने बताइको छ । 

अहिले यी दुई पार्टीबीच एकताका लागि विभिन्न प्रक्रियाहरूमा छलफल भइरहेको छ । जसमा प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने सम्भावना छ । 

पार्टी अध्यक्षमा डा. राउत रहने सहमति छ । यस्तै संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने र सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् ।  चुनाव चिह्न नाउपाको ढकियालाई राखिने छलफल चलिरहेको छ । 

प्रवक्ता यादवका अनुसार अहिले दुवै पार्टीका ६ सदस्य कार्यदल सदस्यले विधानमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : ०९ बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको