अस्पताल बनाएर मात्रै पुग्दैन, क्षमतावान जनशक्ति पनि चाहिन्छ : मन्त्री पौडेल « Khabarhub

अस्पताल बनाएर मात्रै पुग्दैन, क्षमतावान जनशक्ति पनि चाहिन्छ : मन्त्री पौडेल


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताएका हुन् । 

उपत्यकाभित्र निर्वाह हुने स्थिति रहे पनि उपत्यकाबहिर कतिपय स्वास्थ्य संस्थाहरू शून्यताको स्थिति रहेको बताए । आफ्नो भूगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको बताए । 

 जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताए। आवश्यक जति तलव दिन नसके पनि निर्वाह हुने सम्मको तलब सुविधाको व्यवस्था गर्न आवश्यक रहेको बताए ।  

‘अस्पताल बनाएर मात्रै पुग्दैन, त्यहाँ उपचार गर्नसक्ने क्षमतावान डाक्टर, नर्स र स्वास्थ्यकर्मीको आवश्यक पर्छ । जनशक्तिको उन्नयनको पक्षमा पनि हामी अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन सक्नुपर्छ, उनले भने, त्यो पनि हामीले महसुस गरेका छौँ । राज्यको तहगत निर्धारण निजामती सरह हुने स्थिति छ। तपाईंलाई विशिष्ट क्षमता भएको जनशक्ति मानिसकेपछि तपाईंको तहगत व्यवस्था पनि त्यहीअनुसार गर्नुपर्छ । यहाँहरूलाई आवश्यक जति तलब दिन नसकेपनि निर्वाह हुने सम्मको तलब सुविधाको व्यवस्था गरिनुपर्छ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : २१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको