प्रतिस्पर्धामा निषेध गरेपछि राजेशले भने : एमालेमा हामीमाथिको प्रश्न यही अन्तिम होस् « Khabarhub

प्रतिस्पर्धामा निषेध गरेपछि राजेशले भने : एमालेमा हामीमाथिको प्रश्न यही अन्तिम होस्


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले अध्यक्षमा प्रतिस्पर्धा गर्न नदिएपछि आक्रोश पोखेका छन् । 

मतदान कार्यक्रम नै नराखी अध्यक्षमण्डलले उम्मेदवारी मनोनयनमै निषेध गरेपछि महाधिवेशन स्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महाधिवेशनमा प्रतिस्पर्धा गर्न नदिई एमालेले हस्तक्षेप गरेर टीके प्रथातर्फ लगेपछि अध्यक्षमण्डलले राईलाई बोल्न दिएको थियो । 

‘यस संगठनमन एकसे एक होनहार नेताहरू छन् । प्रेस चौतारी नेपाल हाँक्न एक से एक सक्षम नेता छन्’, उनले भने, ‘मञ्चमा बस्नेले तल बस्नेलाई ललकार्नु हुँदैन । पदहरू अस्थायी हुन् , ज्ञान र विवेक स्थायी हुन्। पदले एक वर्ष शासन गर्ला बुद्धिले सधैँ शासन गर्छ।’

उनले अध्यक्षमा दाबी प्रस्तुत गरे पनि प्रतिस्पर्धा गर्न नदिएको गुनासो गरे । ‘मैले संगठनलाई अर्को घुम्तीसम्म लैजान सक्छु भन्ने थियो । तर अवसर मिलेन । हामीमाथि सयौँ प्रश्न छन् । अब संगठन अगाडि कसरी लैजान्छौँ ?’, उनले भने, ‘प्रधानमन्त्रीमाथि तीव्र प्रोपोगन्डा छ, त्यो प्रोपोगन्डालाई कसरी प्रतिरोध गर्छौँ ?’

उनले चौतारीको अध्यक्ष पद मागेर अरू कुनै पद लियो भनिएको कुराको खण्डन गर्दै अब सम्पादन कक्षमा भेटिने बताए  । ‘म सम्पादन कक्षमा हुनेछु । मैले २२ वर्षको अवधिमा एमालेका नाममा पार्टीको नाममा सबै दिएको हो । प्रतिनिधिले निर्वाचन भयो भने चुनाव जित्छस् भनेका थिए । तर, प्रतिनिधिको भावना सम्बोधन भएन’, उनेले भने, ‘लोकतान्त्रिक अभ्यास गर्दा संगठन कमजोर हुन्छ भन्ने भाष्य बनाइएको छ । राजेश या कोही हार्दा संगठन हार्छ, पार्टी हार्छ भन्ने भाष्य कसरी बन्यो ?’  

उनले प्रतिस्पर्धामा जान खोज्दा प्रहार गरिएको बताए । ‘एमालेमा राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस्’, उनले भने, ‘हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ । माथि धाउँदा होइन, जनताको बीचमा जाँदा पार्टी र संगठन बलियो हुने छ ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : २१ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना