प्रतिस्पर्धामा निषेध गरेपछि राजेशले भने : एमालेमा हामीमाथिको प्रश्न यही अन्तिम होस् « Khabarhub

प्रतिस्पर्धामा निषेध गरेपछि राजेशले भने : एमालेमा हामीमाथिको प्रश्न यही अन्तिम होस्


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले अध्यक्षमा प्रतिस्पर्धा गर्न नदिएपछि आक्रोश पोखेका छन् । 

मतदान कार्यक्रम नै नराखी अध्यक्षमण्डलले उम्मेदवारी मनोनयनमै निषेध गरेपछि महाधिवेशन स्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महाधिवेशनमा प्रतिस्पर्धा गर्न नदिई एमालेले हस्तक्षेप गरेर टीके प्रथातर्फ लगेपछि अध्यक्षमण्डलले राईलाई बोल्न दिएको थियो । 

‘यस संगठनमन एकसे एक होनहार नेताहरू छन् । प्रेस चौतारी नेपाल हाँक्न एक से एक सक्षम नेता छन्’, उनले भने, ‘मञ्चमा बस्नेले तल बस्नेलाई ललकार्नु हुँदैन । पदहरू अस्थायी हुन् , ज्ञान र विवेक स्थायी हुन्। पदले एक वर्ष शासन गर्ला बुद्धिले सधैँ शासन गर्छ।’

उनले अध्यक्षमा दाबी प्रस्तुत गरे पनि प्रतिस्पर्धा गर्न नदिएको गुनासो गरे । ‘मैले संगठनलाई अर्को घुम्तीसम्म लैजान सक्छु भन्ने थियो । तर अवसर मिलेन । हामीमाथि सयौँ प्रश्न छन् । अब संगठन अगाडि कसरी लैजान्छौँ ?’, उनले भने, ‘प्रधानमन्त्रीमाथि तीव्र प्रोपोगन्डा छ, त्यो प्रोपोगन्डालाई कसरी प्रतिरोध गर्छौँ ?’

उनले चौतारीको अध्यक्ष पद मागेर अरू कुनै पद लियो भनिएको कुराको खण्डन गर्दै अब सम्पादन कक्षमा भेटिने बताए  । ‘म सम्पादन कक्षमा हुनेछु । मैले २२ वर्षको अवधिमा एमालेका नाममा पार्टीको नाममा सबै दिएको हो । प्रतिनिधिले निर्वाचन भयो भने चुनाव जित्छस् भनेका थिए । तर, प्रतिनिधिको भावना सम्बोधन भएन’, उनेले भने, ‘लोकतान्त्रिक अभ्यास गर्दा संगठन कमजोर हुन्छ भन्ने भाष्य बनाइएको छ । राजेश या कोही हार्दा संगठन हार्छ, पार्टी हार्छ भन्ने भाष्य कसरी बन्यो ?’  

उनले प्रतिस्पर्धामा जान खोज्दा प्रहार गरिएको बताए । ‘एमालेमा राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस्’, उनले भने, ‘हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ । माथि धाउँदा होइन, जनताको बीचमा जाँदा पार्टी र संगठन बलियो हुने छ ।’

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ७ : २१ बजे

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर