बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३८ पैसा र बिक्रीदर १३६ रुपियाँ ९८ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ४० पैसा र बिक्रीदर १५६ रुपियाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ४१ पैसा र बिक्रीदर १८२ रुपियाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ५८ पैसा र बिक्रीदर १६६ रुपियाँ ३१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ३७ पैसा र बिक्रीदर ८७ रुपियाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५९ पैसा र बिक्रीदर ९९ रुपियाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ र बिक्रीदर १०४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४८ पैसा तोकिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २३ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८२ पैसा र बिक्रीदर २० रुपियाँ ९१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५८ पैसा र बिक्रीदर १७ रुपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ २४ पैसा र बिक्रीदर ३५५ रुपियाँ ८० पैसा रहेको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ४९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान