‘एक घर एक धारा’ कार्यक्रम : गोरखामा ३३ हजार बढी धारा जडान « Khabarhub

‘एक घर एक धारा’ कार्यक्रम : गोरखामा ३३ हजार बढी धारा जडान


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् ।

कार्यकालको तथ्याङ्कअनुसार आव २०८०–८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालु आवमा थप पाँच सयभन्दा बढी धारा  जडान भएका हुन् । यो जिल्लाको कुल लाभग्राहीमध्ये ९१ दशमलव पाँच प्रतिशत हो ।

कार्यालयका सब–इन्जिनियर दीपक खनालले यो कार्यक्रम लागू भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताए । ‘हामी कार्यक्षेत्र गोरखा र लमजुङ हो । चालु आवमा दुवै जिल्लाका लागि नौ सय १५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब ३०० धारा लमजुङमा जडान भएका छन् भने बाँकी गोरखामा जडान भएका छन्’, उनले भने ।

एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालु आवमा ३० करोड ३० लाख बजेट प्राप्त भएको खनालले जानकारी दिए । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो ।।

‘हालसम्म जिल्लाको ९१ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । यो तथ्याङ्क अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो’, उनले भने ।

लमजुङमा आधारभूत खानेपानी पहुँच ८५ दशमलव ८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानी धारा जडान गरिएका छन् ।

कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मतसम्भारको काम गरिरहेको छ  तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ ।

जिल्लामा आर्थिक वर्ष २०७५–७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : ४६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५