नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म « Khabarhub

नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशु विकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।

च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो ।

हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि अलपत्र परेको केन्द्र स्थानीय उपभोक्ताले सम्हालेका हुन् । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन केन्द्रले एक जना फार्म व्यवस्थापकसहित पाँच जना गोठाला, एक जना पशु प्राविधिकको व्यवस्था गरेको छ ।

केन्द्रका जनशक्ति व्यवस्थापन तलबभत्ता उपलब्ध गराउनेदेखि च्याङ्ग्रालाई चाहिने दाना, घाँस औषधिउपचारलगायत उपकरणको व्यवस्था सरकारले गरेको छ । आठ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका लागि कार्यालय स्थापना तथा फार्म निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको पशु प्राविधिक धीरज बरुवालले बताए ।

केही स्थानीय र केही तिब्बती च्याङ्ग्रा ल्याएर च्याङ्ग्रा पालनको नश्ल सुधार गरी पश्मिना उत्पादन तथा प्रवर्द्धनमा जोड दिने गरी स्थापना भएको फार्ममा पाठापाठी हुर्किरहेका छन् ।

केन्द्रमा बर्सेनि १५० भन्दा बढी च्याङ्ग्राको पाठापाठी उत्पादन हुने गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १० : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको