लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : कार्यवाहक सभापति खड्का « Khabarhub

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : कार्यवाहक सभापति खड्का


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताएका छन् । 

लोकतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र बलिदानको धरोहरका रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण गर्न आग्रह गरे। उनले लोकतन्त्रको मूल्य र मान्यतालाई संरक्षण गर्न सबै सजग र सचेत रहन आग्रह गरे।

कावा सभापति खड्काले विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२-६३ सालमा कांग्रेस नेतृत्वमा अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले विसं २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गरे। 

कावा सभापति खड्काले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे। 

यो परिवर्तनसँगै मुलुकमा नेपाली नागरिकको चाहना अनुरूप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको संविधान जारी भएर कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले संविधान दि`एका अधिकारको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी सबैको काँधमा आएको बताए ।
 
युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउनुपर्नेमा कावा सभापति खड्काले जोड दिए। 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : ३२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको