राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त « Khabarhub

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मंगलबार आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी उक्त आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गरेका हुन् । 

पहलगाममा भएको अमानवीय र हृदयविदारक घटनाको राप्रपाले भर्त्सना गरेको अध्यक्ष लिङ्देनले बताए। उनले जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने मानवता विरुद्धको आतंककारी कार्य स्वीकार्य नहुने बताउँदै राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा रहेको उल्लेख गरे। 

‘यस दुःखको घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौँ । आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल–११ कालिकानगरका सुदीप न्यौपानेका साथै सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ । साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’, अध्यक्ष लिङ्देनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : ४७ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त