कश्मीर आक्रमणबारे बिहारबाट मोदीको घोषणा- चरमपन्थीलाई कल्पना गरेभन्दा कडा सजाय हुनेछ « Khabarhub

कश्मीर आक्रमणबारे बिहारबाट मोदीको घोषणा- चरमपन्थीलाई कल्पना गरेभन्दा कडा सजाय हुनेछ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पटना- जम्मू-कश्मीरको पहलगाममा मंगलबार दिउँसो २६ जनाको ज्यान जाने गरी भएको चरमपन्थी हमलापछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

उनले बिहीबार बिहारस्थित नेपाल-भारत सीमानजिकै मधुबनीमा पुगेर सार्वजनिक सम्बोधन गरेका हुन् ।

यस कार्यक्रममा पहलगाम आक्रमणलाई लिएर मोदीले कडा प्रतिक्रिया दिए । उनले भने, ‘हमला गर्ने आतंकवादीहरूलाई उनीहरूले कल्पना गरेकोभन्दा कडा सजाय मिल्नेछ ।’

मधुबनीमा राष्ट्रिय पञ्चायती राज दिवस कार्यक्रममा मोदीले आफ्नो भाषणअघि हमलामा मारिएका सर्वसाधरणको स्मरणमा दुई मिनेट मौनधारणको कार्यक्रम राखे ।

उनले अंग्रेजीमा भने, ‘आज बिहारको धर्तीबाट विश्वलाई भारत हरेक आतंकवादीको पहिचान गरेर, खोजेर सजाय दिन तयार रहेको सन्देश विश्वलाई दिन चाहन्छु । उनीहरूलाई समर्थन दिनेलाई पनि दण्डित गर्ने छौँ । उनीहरूलाई पृथ्वीको अन्तिम कुनासम्म खोज्ने छौँ । आतंकवाद कहिल्यै भारतको आत्मालाई तोड्न सक्नेवाला छैन ।’

उनले आतंकवादलाई सजाय नदिई नछाडिने बताए । न्यायका लागि जुनसुकै प्रयास गरिने पनि उनले बताए । पूरै देश यस संकल्पमा खडा रहेको उनको जिकिर थियो । मानवतामा विश्वास राख्ने हरेक मानिस आफ्नो साथमा रहेको उनको तर्क थियो ।

‘आतंकवादीहरूले निर्दोष देशवासीलाई जुन क्रुर शैलीमा मारेका छन्, त्यसबाट सिंगो देश दुखी छ । यस आतंकवादी हमलामा कसैले आफ्नो छोरो, कसैले छोरी गुमाएका छन् । कसैले आफ्नो भाइ गुमाएका छन, कसैले आफ्ना जीवनसाथी गुमाएका छन् । ती सबै पीडितको पक्षमा देश उभिएको छ’, उनले भने ।

उनले यस आक्रमण केबल निहत्था नागरिकमाथि मात्रै नभएर सिंगो भारतमाथि भएको टिप्पणी गरेका छन् । देशका दुष्मनले भारतको आत्मामै धावा बोलेको उनले बताए । ‘म स्पष्ट शब्दमा भन्दैछु, जसले यो हमला गरेका छन्, ती आतंकवादी र यस आक्रमणको योजना बनाउनेमाथि उनीहरूले कल्पना गरेभन्दा कडा सजाय मिल्नेछ’, उनले भने ।

उनले अब आतंकवादीहरू बसेको जमीनलाई पनि माटोमा मिलाउने समय आएको बताए । उनले १४० करोड भारतीयको इच्छा शक्ति अब आतंकवादी कम्मर तोड्न एकजुट भइसकेको पनि बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ०१ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ