निजी मेडिकल कलेजले सरकारको निर्णय मान्दिनँ भन्न मिल्दैन : स्वास्थ्यमन्त्री पौडेल  « Khabarhub

निजी मेडिकल कलेजले सरकारको निर्णय मान्दिनँ भन्न मिल्दैन : स्वास्थ्यमन्त्री पौडेल 


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई तोके अनुसारको निर्वाह भत्ता दिने निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् । 

सरकारी आठौं तह बारबारको निर्वाह भत्ता लागु गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सक संघ र नेपाल चिकित्सक संघका प्रतिनिधिसँग मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले सरकारले गरेको निर्णय लागु हुने बताए । ‘सरकारले गरेको निर्णय मान्दिनँ भन्न मिल्दैन’ उनले भने, ‘४८ हजार ७ सय लागु नगरेसम्म तालुकदार मन्त्रालयमा हुने (निजी मेडिकल कलेज) का कामहरू अगाडि बढ्दैन ।’ 

सरकारले निजी मेडिकल कलेजका जायज कुरा सुन्ने र निर्णयबाट पछि हट्ने सम्भावना नरहेको उनले बताए । पिजीमा कार्यरतले निर्वाह भत्ता पाउनुपर्ने विषय निर्णय भइसकेको र लागु गर्नुपर्ने विषय रहेको छ । सरकारले गरेको निर्णय पनि लागु नहुने अवस्था सिर्जना भएको भन्दै यसमा सरकारले पनि सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो । 

पिजीका विद्यार्थीहरूको माग जायज भएको र यसलाई कार्यान्वयन गरेर अगाडि जाने प्रतिबद्धता उनले दोहोर्‍याए । उनले पिजी र युजीको विषय र निर्वाह भत्ता अलग विषय भएको बताउँदै यसलाई जोड्न आवश्यक नरहेको बताए । शुल्क बढाउने र सिट बढाउने छुट्टै विषय हो त्यसमा छलफल गरौँ,’ उनले भने, ‘संवाद गर्न आयोग बनाऔँ । आयोगले तर्कसंगत ढंगले काम गर्छ ।’ आयोगले स्वभाविकताको आधारमा निर्णय गर्ने मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  २ : ४९ बजे

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल