खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु « Khabarhub

खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ । 

सरकारले प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए ।

धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार ५०० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ । प्रतिकिसानबाट ५० क्विन्टल तथा प्रतिसहकारी संस्थाबाट ५०० क्विन्टल गहुँ खरिद गर्ने कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार  जनकपुरको मुजेलियास्थित कार्यालय हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटासमेत सञ्चालन गरेको छ । धनुषा तथा महोत्तरीका सम्बन्धित स्थानीय तहको सिफारिस तथा गहुँ बिक्री गर्न गहुँ सफा गरी तोकेको मापदण्डको आधारमा हुनुपर्ने र  किसानलाई भुक्तानी चेकमार्फत गराइने सूचनामा उल्लेख छ । 

सो कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्यको तुलनामा धान खरिद कम गरेको छ । ३२ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार ३४६ क्विन्टल धान मात्र खरिद गरिएको छ । 

समर्थन मूल्यभन्दा बजार मूल्य अधिक रहेकाले किसानले आफ्नो उत्पादन निजीक्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको हो । सरकारले प्रतिक्विन्टल तीन हजार ५८० का दरले धान खरिदगर्ने निर्देशन दिएपनि बजारमा करिव रु चार हजार प्रतिक्विन्टलका दरले किसानले धान बिक्री गरेका थिए । 
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ३ : ५४ बजे

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक