खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु « Khabarhub

खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु


११ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ । 

सरकारले प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए ।

धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार ५०० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ । प्रतिकिसानबाट ५० क्विन्टल तथा प्रतिसहकारी संस्थाबाट ५०० क्विन्टल गहुँ खरिद गर्ने कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार  जनकपुरको मुजेलियास्थित कार्यालय हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटासमेत सञ्चालन गरेको छ । धनुषा तथा महोत्तरीका सम्बन्धित स्थानीय तहको सिफारिस तथा गहुँ बिक्री गर्न गहुँ सफा गरी तोकेको मापदण्डको आधारमा हुनुपर्ने र  किसानलाई भुक्तानी चेकमार्फत गराइने सूचनामा उल्लेख छ । 

सो कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्यको तुलनामा धान खरिद कम गरेको छ । ३२ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार ३४६ क्विन्टल धान मात्र खरिद गरिएको छ । 

समर्थन मूल्यभन्दा बजार मूल्य अधिक रहेकाले किसानले आफ्नो उत्पादन निजीक्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको हो । सरकारले प्रतिक्विन्टल तीन हजार ५८० का दरले धान खरिदगर्ने निर्देशन दिएपनि बजारमा करिव रु चार हजार प्रतिक्विन्टलका दरले किसानले धान बिक्री गरेका थिए । 
 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ३ : ५४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या