शंकर पोखरेलको गुनासो- देश र विकासको पक्षमा उभिएकैले एमालेमाथि आक्रमण भयो | Khabarhub Khabarhub

शंकर पोखरेलको गुनासो- देश र विकासको पक्षमा उभिएकैले एमालेमाथि आक्रमण भयो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलेले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा बोल्दै विदेश गएका युवालाई पनि काम सिकेर स्वदेश नै फर्कन आह्वान गरे । भ

‘तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनु पर्दछ’, उनले भनेका छन् ।

देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताए । त्यो अभिभारा नेकपा एमालेले पूरा गर्न सक्ने उनको धारणा छ । ‘युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ, युवाको भविष्य सुरक्षित गर्दछ’, उनले भने ।

उनले आउने बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने उनले जानकारी दिए । वर्तमान प्रधानमन्त्रीको युवा प्रतिको अगाध स्नेह रहेको उनले बताए ।

नेकपा एमाले देश र विकासको पक्षमा उभिएको कारण आक्रमण भएको उनले बताए । एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेका उनले दाबी गरे ।

एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएको प्रति पनि उनले आपत्ति जनाए । जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न उनले आग्रह गरे ।

देशका दुई ठूला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेका बताउँदै उनले अहिले दुईवटा पार्टी मिलेकाले धेरे ऐनहरू अघि बढाएका बताए । ‘हरेकले विश्वास र भरोसा गर्नुपर्दछ’, उनले भने ।

आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदै छन् भन्ने भ्रमलाई चिरेको उनले बताए । देश भरका युवाहरू नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनु पर्ने उनले बताए ।

पोखरेलले नेपाल राष्ट्र युवाको राष्ट्र भएको बताए । श्रम गर्न सक्ने लाखौँ लाख युवा नेपालमा भएको उनले प्रष्ट पारे। कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

उनले वैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रले जनतासामु घुँडा टेकेको दिन भएको उनले बताए । त्यसैले यो दिनको विशेष महत्त्व भएको उनले प्रष्ट पारे ।

युवाको काँधमा नेपाली जनतालाई खुसी बनाउने जिम्मेवारी आएको उनले बताए । राष्ट्रलाई कमजोर बनाउन चाहने शक्तिलाई पराजित गर्दै नेपाली युवा अघि बढ्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : ०७ बजे

चार दिनदेखि मोरङको बेलबारीका चार बालिका बेपत्ता

मोरङ – मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना

बाख्रा उपहार पाएपछि महिला खुसी

बागलुङ – काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको

झापामा चितुवा आतङ्कको त्रास

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं *

म कुनै आवेगमा भन्दै छैन, यो नेपाली जातका अझै ठूला

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको