खाँडाचक्र नगरपालिकामा लगाइएको ताला खुल्यो « Khabarhub

खाँडाचक्र नगरपालिकामा लगाइएको ताला खुल्यो


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका कर्मचारी र उपभोक्ता समितिले लगाएको ताला खुलेको छ । करार सेवामा कार्यरत कर्मचारीहरूले तलब नपाएको भन्दै र उपभोक्ता समितिले योजनाको भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका थिए । 

नगरपालिका र कर्मचारीबीच पाँच दिनभित्र तलब उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो । ताला लगिएपछि प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख कमलबहादुर शाही र कर्मचारी प्रतिनिधिबीच भएको छलफलमा आर्थिक प्रक्रियागत ढिलाई स्वीकार्दै करार कर्मचारीसहित उपभोक्ताको भुक्तानी पनि पाँच दिनभित्र उपलब्ध गराउने लिखित सहमति गरेपछि ताला खुलेको छ । 

कर्मचारीहरूको जायज मागप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए ।

 ‘आवश्यक आर्थिक व्यवस्थापन गरेर तलब र योजनाको भुक्तानी उपलब्ध गराउनेछौँ,’ उनले भने, ‘सहमति अनुसार नै ताला खुलेको छ ।’

ताला खोलिएसँगै कार्यालय पुनःसञ्चालनमा आएको छ भने कर्मचारीहरू पनि नियमित काममा फर्किएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर